संयुक्त अरब इमिरेट्समा आजदेखि सुरु भएको आइसीसी विश्वकप लिग-२ को त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)बाट जितका लागि २०४ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ रोजेको पिएनजीलाई ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनाएपछि नेपालले जितका लागि २०४ रनको सामान्य लक्ष्य पाएको हो ।
पिएनजीले ठूलो स्कोर बनाउनबाट रोक्न गुल्शन झाले ३ विकेट लिए भने कुशल मल्लले २ तथा सोमपाल कामी, प्रत्यूस जिसी र करन केसीले १/१ विकेट लिए ।




प्रतिक्रिया राख्नुहोस्