राजनीति

कांग्रेस ओली–प्रचण्ड दुबैको पक्षमा छैन : कांग्रेस महामन्त्री कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई साथदिएर ओली सरकार टिकाउछन् कि प्रचण्ड–नेपाल समूहलाई सघाएर प्रधानमन्त्रीलाई हटाउँछ भन्ने कुतुहलता राजनीतिक वृत्तमा छाइरहेका बेला तत्काल नेकपाको प्रचण्डपक्ष र ओलीपक्ष दुबैलाई साथ दिने पक्षमा नरहेको बताएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताउँदै कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

रेडियो मकवानपुरको ११ औँ वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “हामी ओलीको पक्षमा पनि छैनौं, प्रचण्ड–माधव पक्षमा पनि छैनौं । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गरेर अघि बढ्छ ।”

सम्बन्धित खबर

Back to top button