फिफा पुरुष वर्ष खेलाडीको अवार्ड अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । सोमबार राति पेरसिमा भएको कार्यक्रममा फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै मेस्सीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।
मेस्सीले कतार विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि दिलाएका थिए । उनले सन् २०२१-२२ मा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका छन् । योसँगै मेस्सीसहित क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले समान २-२ पटक उपाधि जित्दा लुका मोड्रिचले एक पटक उपाधि जितेका छन्।
त्यस्तै महिलातर्फको वर्ष खेलाडी बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पार्दा पुरुषको उत्कृष्ट प्रशिक्षकको अवार्ड र्जेन्टिनाका लियोनल स्कोलानीले जिते । यस्तै इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् ।
त्यसैगरी उत्कृष्ट गोलकिपर अर्जेन्टिनाका एमिलियानो मार्टिनेज घोषित हुँदा महिलामा मारी एअर्प्सले घोषि भईन् । पोल्याण्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन् भने फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन्




प्रतिक्रिया राख्नुहोस्