राजनीति

राष्ट्रिय सभागृहमा पूर्व लडाकुले गरे अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि काठमाडौंमा जुत्ता प्रहार भएको छ । अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक पूर्व लडाकु भएको बुझिएको छ ।

आइतबार भरतमोहन अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा उहाँमाथि जुत्ता प्रहार भएको हो ।

स्व. अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर आफ्नो आशनमा फर्किने क्रममा दर्शकदीर्घाबाट उहाँलाई ताकेर जुत्ता प्रहार भए पनि जुत्ता मञ्चसम्म आइपुगेन । उनलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ ।

अध्यक्ष प्रचण्डलाई जुत्ता नलागे पनि जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्रन गएका थिए ।

प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उहाँको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.