आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले घरेलु टिमसँग टस जितेर फिल्डिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म युएईको दुई विकेट झरेको छ ।
नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिए भने सन्दीप लामिछाने र करण केसीले युएईको दुई विकेट लिएका छन । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।
नेपालबाट बुधबार मात्रै युएई उडेका स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा स्थान बनाएका छन् । बुधबार श्याम ढकाललाई प्रतिस्थापन गर्न यूएई उडेका सन्दीपले आजको खेलमा मौका बनाएका हुन् ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामछिाने, करण केसी र गुल्सन झा छन् ।




प्रतिक्रिया राख्नुहोस्