जापान

७० को दशकको बिष्फोटको जिम्मा लिने मृतक किरिशिमाको डीएनए पुष्टी

जापानको मोस्ट वान्टेड अपराधी मध्ये एक भएको दाबी गर्ने एक मृतक व्यक्तिले सत्य बोलेको डीएनए परीक्षणले खुलासा गरेको छ । “म मेरो वास्तविक नामको साथ मर्न चाहन्छु,” सातोशी किरिशिमाले जनवरीमा आफ्नो बयानमा पुलिसलाई भने ।

जापानकी किरिशिमा

अधिकारीहरूले अब पुष्टि गरेका छन् कि ७० वर्षीय व्यक्ति वास्तवमा किरिशिमा थिए, जो १९७० को दशकमा धेरै घातक बम विष्फोटहरू पछाडि आतंकवादी समूहको सदस्य थिए । ‘ठ्याक्कै कसरी उनी यति लामो समयसम्म फरार रहे , यो अचम्म छ जबकी उनको अनुहारको पोष्टर जापानभर ‘मस्ट वान्टेड’ भन्दै सजिएको भए पनि उनी कहिल्यै फेला परेनन् , जब उनी अस्पताल आए , मृत्युअघि साँचो बोले कि म त्यही मानिस हुँ, जसलाइ मस्ट वान्टेड भनिएको थियो,’ एक सुरक्षा अधिकारीले सञ्चारमाध्यमलाई भने ।

स्थानीय सञ्चारमाध्यमका अनुसार किरिशिमाले १८ अप्रिल १९७५ मा टोकियोको गिन्जा जिल्लामा रहेको एउटा भवनको केही भाग ध्वस्त पार्ने घरेलु बम स्थापना गर्न र विस्फोट गराउन सहयोग गरेको आशंका गरिएको छ । जुन घटनामा कुनै हताहत भएको थिएन ।

त्यतिबेला, उनी पूर्वी एसिया एन्टी-जापान सशस्त्र मोर्चासँग सम्बन्धित थिए, जुन कट्टरपन्थी, वामपन्थी संगठनले ७० को दशकमा जापानको राजधानी टोकियोमा मित्सुबिसीलगायत कम्पनीहरू विरुद्ध भएका धेरै बम विष्फोटहरूको पछाडि रहेको मानिन्छ । जसमा आठ बम विस्फोट भएको थियो । सो घटनामा ८ जनाको मृत्यु र १६० भन्दा बढी घाइते भएका थिए ।

किरिशिमामाथि समूहद्वारा गरिएका अन्य चार आक्रमणमा संलग्न रहेको आरोप छ । जसमा अन्य दुई सदस्यलाई पक्राउ गरी आक्रमणमा संलग्न भएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनी समूहको एकमात्र सदस्य हुन् जसलाई प्रहरीले कहिल्यै पक्रन सकेनन् । उनले कहिल्यै हार नमानेको मानिन्छ , लामो कपाल भएको, चश्मा लगाएका कुनै विश्वविद्यालय विद्यार्थीको तस्वीर दशकौंदेखि देशभरका पुलिस स्टेशनहरू बाहिर पोस्टरहरूमा देखा पर्दै आएको थियो तर उनी अदभुत रूपमा लुक्न सफल भए ।

तैपनि, उनको छवि व्यापक रूपमा प्रचारित भएता पनि गत महिना उनको पहिचान प्रकट हुँदा छिमेकीहरू छक्क परेका थिए । उनीहरूले उनलाई एक शान्त र गम्भीर मानिसको रूपमा वर्णन गरेका थिए । उनका छिमेकीहरूका अनुसार उनको कोठामा सुन्दर गितार थियो र उनलाइ पेय पदार्थ लिदैँ गीतार बजाउने झुकाव थियो ।

किरिशिमा हिरोशी उचिडाको नामबाट टोकियोको पश्चिमी किनारमा रहेको फुजिसावा सहरमा करिब ४० वर्षदेखि बसेका थिए । जापानको आसाही पत्रिकाको रिपोर्ट अनुसार उनले प्रहरीलाई भने कि उनले निर्माण कम्पनीमा काम गर्नु अघि दैनिक ज्याला मजदुरको रूपमा काम गरेका थिए।

र यस्तो देखिन्छ कि उनीसँग न त ड्राइभर लाइसेन्स थियो न त कुनै स्वास्थ्य बीमा जब उनी टर्मिनल क्यान्सरको उपचारको लागि अस्पताल आएका थिए । त्यसपछि मात्रै उनले आफ्नो वास्तविक परिचय खुलाएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

टोकियो प्रहरीका प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई पुष्टि गरे कि डीएनए परीक्षणले अब उनीहरूको दाबीलाई समर्थन गरेको छ, र थपे कि किरिशिमासँग सम्बन्धित मुद्दा फाइलहरू टोकियो जिल्ला सरकारी अभियोजकको कार्यालयमा पठाइएको छ।

यद्यपि, क्योडो न्यूजका अनुसार प्रहरीले किरिशिमालाई यति लामो समयसम्म अपरिचित रहन कसैले मद्दत गर्‍यो कि भनेर पनि अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.