राजनीति

प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेलगत्तै राजीनामा नदिएकोमा आलोचना गरेको छ । त्यस्तै बैठकले पार्टीको आधिकारिकता सम्बन्धी निर्णयमा ढिलाई गरेको भन्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले सर्वोच्च अदालतको फैसला लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैंधानिक नैतिककता आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो ।

त्यस्तै बैठकले पार्टीको आधिकारिकता बारे के भइरहेको भन्ने आयोगमा जानकारी माग्न पत्राचार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावललेजानकारी दिनुभयो ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी पेश गरे पनि निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरिरहेको बैठकले ठहर गरेको उहाँले बताउनुभयो ।

यस्तै बैठकले सरकार गठनसम्बन्धी सम्पूर्ण जिम्मा पार्टीको स्थायी समिति बैठक र केन्द्रीय सचिवालय बैठकलाई दिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.