प्रत्येक १५ मिनेटमा पानी पिउनु नै कोरोना संक्रमणबाट बच्ने उपाय
– यादब देवकोटा
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै नयाँ त्रास उत्पन्न भैरहेको छ । यसको औषधि वा खोप अहिलेसम्म तयार नभए पनि विभिन्न देशका अनुसन्धानकर्ताहरुले यसको संक्रमणबाट बच्न सकिने विभिन्न उपायहरु सुझाएका छन् ।
खासमा कोरोना संक्रमण दीर्घरोगी, बूढाबुढी र बच्चाहरुमा छिट्टै हुन्छ । कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भैसकेको छ तर, यसको औषधि नभएका कारण डरलाग्दो हुँदै गएको हो । किनभने यसको मृत्यु डर १–२ प्रतिशत मात्र छ ।
औषधि नभएकै कारण यसबाट बच्न गर्नुपर्ने उपायहरुको खोजी भैरहेको हो । पछिल्लो समय जापानी विज्ञहरुले हरेक मानिसले सामान्य कुराहरुलाई ध्यान दिए कोरोनाको संक्रमण नहुने सुझाव दिएका छन् ।
हरेक व्यक्तिले आफ्नो मुख र घाँटीलाई सुख्खा हुन नदिन प्रत्येक १५ मिनेटमा थोरैथोरै भए पनि पानी वा तरल पदार्थ पिउनु पर्दछ । यसो गर्दा भाइरस मुखमा आएको भए पनि पखालिएर पेटमा पुग्छ र पेटको एसिडले भाइरसलाई मार्छ । यदि उचित मात्रामा पानी वा तरल पदार्थ पिइराखिएन भने यसले श्वासनली भएर फोक्सोमा पुग्छ र यो अति नै खतरनाक हुन्छ ।
नोवल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो । यस भाइरसले मानिस र पशुमा संक्रमण गर्छ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउँछ ।
लक्षणहरू
कोरोेना भाइरसको संक्रमण भएको १५ दिनभित्र लक्षण देखिन्छ । संक्रमण भएको दुई सातापछि देखिने लक्षणहरू यस प्रकार छन् ।
– ज्वरो आउने
– श्वासप्रश्वासमा समस्या देखिने
– रुघाखोकी लाग्ने
– घाँटीर टाउको दुख्ने
कसरी जोगिने ?
रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।
– नियमित रूपमा साबुनपानीले हात धुने
– खोक्दा, हाच्छ्युँ गर्दा नाक मुख छोप्ने
– संक्रमित व्यक्तिबाट टाढा बस्ने
– मास्क लगाएर हिँडडुल गर्ने
– पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने
– जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा राख्ने
अर्को महत्वपूर्ण कुरा के छ भने कोरोना भाइरसको संक्रमण शहरी क्षेत्रमा बढी हुने भन्दै यतातिर मात्रै ध्यान दिइएको छ । नेपालका ग्रामीण क्षेत्रमा यसको असर र प्रभाव तथा सचेतनाका कार्यक्रम नै संचालन नभैरहेका बेला यो भाइरसको उत्पत्ति जंगली पशुपक्षीबाट हो भन्ने बुझ्न जरुरी छ र घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ भन्ने भ्रम रहे पनि सावधानी भने अपनाउनुपर्दछ । गाउँघरमा रहेका पशुपक्षीहरुको सम्पर्कमा आएपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ ।
आजभोलि कोरोनाकाा विषयमा अनेक भ्रम सिर्जना पनि भैरहेको छ । अहिले चलेका हल्लाहरुले कोरोना सर्ने र कोरोना लागे बच्ने भनेर अनेक उपायहरुको चर्चा चलाइए पनि त्यो सत्य नभएको विश्व स्वास्थ्य संगठनले स्पष्ट गरिसकेको छ ।
संगठनले कोरोनाका सम्बन्धमा दिएको १० वटा भ्रमको निवारण यसरी गरेको छ ।
१ – के चीनबाट कुनै पत्र या प्याकेज प्राप्त गर्नु सुरक्षित छ ?
यो सुरक्षित छ । चीनबाट प्राप्त गर्ने विभिन्न पत्र र प्याकेजहरुबाट कोरोना भाइरसको संक्रमणको जोखिम छैन। कोरोना भाइरस लामो समयसम्म जीवित नरहने विभिन्न अध्ययनले देखाएको छ ।
२ – घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ ?
कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन । तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ । जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ ।
३- निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ?
निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ । अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ। यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।
४ – नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?
स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन । तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ ।
५- माउथवासले कुल्ला गरेर मुखको सफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
मुखको सरसफाईले कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन । केही माउथवासले मुखमा रहेका किटाणुबाट केही मिनेटसम्म सुरक्षा प्रदान गरेपनि कोरोना भाइरसको संक्रमणबाट भने जोगाउँदैन ।
६- लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?
लसुन एक स्वथवद्र्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन ।
७- तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?
तिलको तेलले कोरोना भाइरसलाई मार्दैन । यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच÷क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ । त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ । तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ।
८- के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छरु या युवाहरु पनि यसको जोखिममा पर्छन ?
सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ। वृद्धवृद्धा, दीर्घ रोगी ९ दम, मधुमेह, मुटुजन्य रोगलाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ। त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ। यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ।
९- कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ ?
एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन । यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो । हाल देखिएको यो नयाँ कोरोना भाइरस हो। त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन। यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन् । किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ ।
१०- कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छ ?
हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ । केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्