राजनीति

नवनिर्वाचित सदस्यको सपथसंगै राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएसंगै पूर्वनिर्धारित बैठक स्थगित भएको छ । सत्ता समीकरणमा भएको परिवर्तनसंगै बैठक स्थगित भएको हो ।

नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो ।

राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

सपथग्रहण समारोह सकिएलगत्तै विशेष कारणवश बैठक स्थगित हुन पुगेको संसद सचिवालयका सूचना अधिकारीले जानकारी दिनुभयो ।

फागुन २१ गते सोमबार दिउँसो सवा १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको अर्को बैठक २४ फागुनको दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.