राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्ने भएपछि उहाँको अनुपस्थितिमा वाग्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन सिफारिस गर्नुभएको थियो ।उक्त सिफारिसमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्यका लागि वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ । उहाँ असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.