जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

महोत्तरी र धनकुटामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । महोत्तरी, पिपरा गाउँपालिका-१ ढेकाहा बजारस्थित सडकमा मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई बीआर ०६ पिडी ३३३० नम्बरको टाटासुमोले ठक्कर दिई भाग्ने क्रममा साईकलयात्रीलाई समेत ठक्कर दिँदा साईकलयात्री धनुषा क्षरेश्वर नगरपालिका-१ रमदैया बस्ने ६० वर्षीय राज किशोर यादव र ट्याक्टरमा सवार पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ६० वर्षीय अकवर राईनको आइतबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर र सुमो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै धनकुटा, पाख्रीबास नगरपालिका-१० चुङबाङस्थित सडकमा को.२ च १६१९ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा पिकअपमा सवार सोही नगरपालिका-१० बस्ने ९ वर्षीया संस्कृति राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार १६ जनामध्ये १३ जनाको नोबेल अस्पताल विराटनगर मोरङ र ३ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.