खेल

कोरोना भाइरसका कारण इपिएल स्थगित

चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । प्रतियोगिता आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो ।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ”, उहाँले भन्नुभयो ।

प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ । ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.