राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा व्यापक सुधार : दोहारो कुराकानी गर्न सुरु

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति तीब्ररुपमा सुधार भएको छ ।

शुक्रबार धानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले उहाँसंग गर्नुभएको भेटमा उहाँले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको र आफू छिट्टै काममा फर्किने बताउनु भएको रिमालले ट्वीटरमा ट्वीट गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । ‘साथीहरूलाई भनिदिनुस् मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ । छिट्टै म काममा फर्किन्छु । धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !’

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरूले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button