राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ ।

सो अवसरमा मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.