अमेरिकी आणविक बम हमला र सुनामी स्मृति दिवस रद्द
जापान सरकारले कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष दोस्रो विश्वयुद्धमा अमेरिकाले गरेको आणविक बमबाट मृत्यु भएकाहरुको स्मृतिमा आयोजना गरिने समारोह स्थगित गरेको छ । त्यसै गरी सन २०११ को मार्च ११ मा आएको सुनामी, भूकम्प र आणविक चुहावट राष्ट्रिय स्मृति समारोह पनि स्थगित गरेको छ ।
समाचार अनुसार टोकियो महानगरपालिकाले १० मार्च १९४५ मा अमेरिकी बी २९ बम वर्षक बिमानले गरेको हमलामा परी एक लाख जनाको ज्यान गएको थियो । सो हमलाको ७५ औं स्मृति समारोह आउँदो मंगलबार आयोजना हुने र समारोहमा दिवंगतका आफन्त र हमलाबाट जीवित रहेका करीब ६०० जना सहभागी हुने तय भएको थियो ।
त्यसै गरी ११ मार्च २०११ को विपत्ति पीडितका लागि आयोजना गरिने राष्ट्रिय स्मृति समारोह पनि रद्द गएिको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय लिएको हो । सरकारले कोरोनाको संक्रमण रोक्न यो निर्णय गरिएको बताएको छ ।
आउँदो बुधबार महाभूकम्प, सुनामी र परमाणु दुर्घटनाको नवां स्मृति समारोह हुने तय भएको छ । सो विपत्तिमा परी २० हजारभन्दा बढीको ज्यान गएको थियो । औपचारिक समारोहको आयोजना नगरिए पनि सो दिन प्रधानमन्त्री शिन्जो आबेसहित मन्त्रिमण्डलका सदस्यले भूकम्प आएको समयमै मौनधारण गरिनेछ र प्रधानमन्त्री आबेले सम्बोधन गर्नुहुनेछ ।