राजनीति

राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन : वरिष्ठ उपाध्यक्ष पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो पार्टी कुनै पनि गठबन्धन र सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले राप्रपा आन्दोलनमा जाने घोषणाका साथ अघिबढेकाले पार्टी अहिले त्यसैमा केन्द्रित रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पाण्डे

उहाँले भन्नुभयो, “हामीले आन्दोलनको घोषणा गरिसकेका छौँ । चैत १६ गतेदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । हामी कुनै पनि गठबन्धनको सरकारमा नजाने निर्णयमा अडिग छौँ ।”

फरक प्रसङ्गमा उहाँले मिटरब्याजपीडित, महिला, गरिब किसानका पक्षमा सरकारले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.