जन सरोकार

पशुपतिको आँगनमा पूर्व युवराज पारसको कुचो

कहिले के त कहिले के गरेर चर्चा र विवादमा आउने पूर्व युवराज पारस शाह शनिबार भिन्न रुपमा पशुपतिमा देखिनुभयो । उहाँ सिमसिमे पानीको पर्वाह नगरी हातमा कुचो लिएर पशुपतिनाथको आँगनको सरसफाईमा उत्रनुभयो ।

केही समययता पशुपतिमा सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुग्नुभएको थियो । सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुग्नुभएका शाहलाई सुरूमा खनालले नै पारसलाई माला लगादिएर स्वागत गर्नुभयो ।

लगत्तै खनालले झाडु र पञ्जा ल्याएएर लगाउन शाहलाई अनुरोध गरे पनि उहाँले मान्नुभएन । त्यसपछि उहाँले झाडु लिएर ल स्टार्ट, स्टार्ट भन्दै सरसफाइ सुरूवात गर्नुभयो । उपस्थित सहभागीले ताली पिटेर स्वागत गरे ।

सरसफाई अभियानमा पूर्व युवराजको उपस्थितिपछि खनालले भन्नुभयो ‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो । हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं । सरसफाइका लागि पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.