जन सरोकार
मृत अवस्थामा चार जना फेला
देशका विभिन्न जिल्लाबाट मृत अवस्थामा चार जना फेला परेका छन् । रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-५ गोरे भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-२ गुदेल डेरा गरी बस्ने खिजिदेम्बा गाउँपालिका-८ खिजीफलाटे घर भएका २६ वर्षीया पेम्बा शेर्पा आफ्नै डेरामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धादिङ, धुनीवेशी नगरपालिका-१ सार्कीटारस्थित बाटोमा सोही ठाउँ बस्ने ५५ वर्षीय साईला प्रजा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिरहा, लहान नगरपालिका-८ बस्ने उदयपुर त्रियुगा नगरपालिका-१० बोक्से घर भएका ६६ वर्षीय सुरज परियार लहान नगरपालिका-४ खुट्टीखोला मसान घाट नजिकै मंगलबार मृत अवाथामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्