राजनीति

फागुको शुभकामना दिंदै मुख्यमन्त्रीहरुद्वारा ठूला जमघट नगरी मनाउन आग्रह

काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रमा आज (सोमबार) मनाइने फागुका अवसरमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले भीडभाड नगरी शान्तसंग मनाउन आग्रह गर्दै शुभकामना दिनुभएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै उहाँले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सत्य, न्याय र निष्ठाका पक्षमा लागिरहन प्रेरित गरेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सन्देशमा परिवारबीचमा खुशी साटासाट गरेर पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

त्यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा ९होलीपर्व० का अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव बढाई शान्त, समृद्ध एवं समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएका सन्दर्भमा यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योग्दान दिँदै आएको सन्देशमा मुख्यमन्त्री गुरुङले उल्लेख गर्नुभएको छ ।

त्यस्तै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिमा उहाँले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गर्नुभयो । जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी हुनुभएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले विज्ञप्ति मार्फत शुभकामना दिनुभएको छ ।

उता प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भ्रातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताउनुभएको छ । एकशुभकामना विज्ञप्ति जारी गरी उहाँले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले शुभकामनामा कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिमलाई ध्यान दिँदै होली ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.