जन सरोकार

अबदेखि एसईईमा उमेर हद नलाग्ने, कक्षा १२ लाई लाग्ने

यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उमेर हद नलाग्ने भएको छ । अब एसएलसी भनेको कक्षा १२ हुनाले त्यहाँ उमेर हद लागु हुन्छ कक्षा १० मा लागु हुँदैन ।

अहिलेसम्म परीक्षामा सामेल हुन १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान भए पनि अब हटाउन लागिएको छ । एसईईमा उमेर हद हटाएपछि धेरै विद्यार्थीहरुलाई राहत मिल्ने छ ।

एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने अधिकार राष्ट्रिय परीक्षा बोर्डलाई भएकोले बोर्डले परीक्षाअघि नै उमेर हद हटाएको निर्णय गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई मात्र उमेर हद लागु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.