जापान

तत्काल संकटकालको घोषणा गर्नुपर्ने अवस्था नरहेको मुख्यसचिव सुगाको दावी

जापानको मन्त्रिपरिषद्ले कोरोना भाइरस सम्बन्धी विधेयक स्वीकृत गरेपछि मुलुकमा संकटकाल लाग्नसक्ने चर्चाकाबीच मुख्य सचिव योशीहिदे सुगाले तत्काल संकटकाल घोषणाको आवश्यकता नरहेको बताउनुभएको छ ।

मंगलबार मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरेपछि सुगाले तत्काल संकटकालको घोषणा आवश्यक नरहे पनि यदि आवश्यक परेमाा प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न संकटकाल घोषणा गर्न सक्ने बताउनुभएको हो । उहाँले जोखिम न्यूनिकरणका लागि सबभन्दा कठोर कदमका लागि पनि तयार रहनु महत्वपूर्ण रहेको बताउनुभयो ।

सुगाले सरकार कोरोना भाइरस नियन्त्रणका लागि उच्चस्तरको कानुनी संरचनाको आवश्यकता रहेको र पारित भएको कानुनले कोरोना भाइरसको प्रकोपको प्रभाव कम गर्नका लागि संकटकाल घोषणा गर्नसक्ने प्रावधान पनि रहेको जानकारी दिनुभयो ।

उहाँले सरकारले आम जनताको जीवनमाथि हुनसक्ने सम्भावित प्रभावलाई मध्यनजर राख्दै संकटकालको स्थिति घोषणाको निर्णय लिनुअघि यसप्रति व्यापक सावधानीका साथ परिस्थितिको विश्लेषण गर्ने पनि बताउनुभएको छ ।

कोरोना संक्रमणका कारण संकटकाल लाग्नसक्ने : मन्त्रिपरिषदबाट विधेयक पारित

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.