जन सरोकार

रात्रिकालीन व्यवसायको समयसीमा हट्दै, रातभर संचालन हुने

अबदेखि काठमाडौं उपत्यका लगायत देशभर रात्रिकालीन व्यवसाय संचालनमा समयको पावन्दी हट्ने भएको छ । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाउने भएको छ ।

यसअघि नेपालमा स्थान अनुसार कतै प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने कतै स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो ।

लामो समयदेखि रात्रिकालीन व्यवसायको समयसीमा हटाउनुपर्ने माग भैरहेको थियो । मुलुकमा कोरोना संक्रमण न्यून हुँदै गएपछि सरकारले रात्रिकालीन व्यवसालाई रातभर संचालन गर्न दिने निर्णय गरको हो ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाउनुभएको थियो ।

सो कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ । अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी, क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.