राजनीति

मिर्गौला दिने समीक्षाले भेटिन प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दानगर्ने उहाँकी भाञ्जी समीक्षा संग्रौलाले बुधबार त्रिवि शिक्षणा अस्पतालमा प्रधानमन्त्रीलाई भेट गर्नुभएको छ । समीक्षा मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई उपचारकक्षमै गएर भेट्ने समीक्षा पहिलो हुनुहुन्छ ।

गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पतालको आइसीयूमा राखिएको छ । उहाँलाई आगामी शुक्रबारसम्म अस्पतालबाट डिस्चार्ज गरिने चिकित्सकले बताएका छन् ।

यतिबेला संक्रमणको डरले उहाँलाई परिवारकै सदस्यलाई पनि यसअघि भेट्न नदिइए पनि मिर्गौलादाता समीक्षालाई भने भेट्न दिइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षाबीच दिउँसो ३ बजे भेट भएको हो ।

समीक्षाले मामा प्रधानमन्त्री ओलीको स्वास्थ्य कस्तो छ भनेर सोधेपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गरिरहेको भन्दै धन्यवाद फर्काउनुभएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । प्रेस सल्लाहकार थापाले बुधबार बिहान ट्वीट गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको, हिँड्डुल र नियमित व्यायाम गरिरहेको बताउँदै उहाँ आफैँ दाह्री पनि काटेको भन्दै स्वस्थ बन्ने क्रम द्रुतगतिमा चलिरहेको उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.