जन सरोकार

‘वादी समुदायको न्यायिक माग पूरा गर’

कृषियोग्य भूमिलगायत शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्नलगायत माग राखी यही फागुन १० गतेदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि सुर्खेत, दैलेख, कालीकोट, अछामलगायतका जिल्लाका वादी समुदायको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता र समर्थन जनाउँदै राष्ट्रिय दलित नेटवर्कले माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

सो संस्थाले एक विज्ञप्ति जारी गरी समस्यालाई पहिचान र प्रतिनिधित्वको सुनिश्चितता हुने गरी वादी समुदायको न्यायिक आन्दोलनसँग तत्काल वार्ता गरी विश्वासको वातावरण बनाउन पनि अनुरोध गरेको छ ।

“दिनभरि आफ्ना कला र व्यवसायबाट काम गरी खानुपर्ने अवस्थाका समुदायले यतिका दिनसम्म धर्नामा बस्दा पनि सरकारको कुनै निकायबाट पनि कुनै पहलकदमी नगरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ । साथै वादी समुदायको आन्दोलनले उठाएका न्यायिक मागको सम्वोधन हुने गरी आवश्यक भूमिका निर्वाह गर्न मुख्यमन्त्री, प्रदेश सरकार, जनप्रतिनिधिलगायत सम्पूर्णमा अपिल गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.