जब केपी ओलीले सडक किनारमा पोलेको मकै किन्नुभयो
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिमा विवाद, आलोचनाका लागि जति चर्चित हुनुहुन्छ उति नै चर्चा उहाँको तर्कपूर्ण अभिव्यक्तिको पनि हुने गर्दछ ।
त्यसै गरी उहाँ बेलाबेलामा बालबालिका तथा वृद्धवृद्धा र श्रमजीवीहरुसंग साक्षात्कार गर्दै उनीहरुको गुनासो सुन्ने र आफ्ना कुरा भन्ने गर्नुहुन्छ ।
यस्तै काम हिजो शुक्रबार उहाँले गर्नुभयो , पार्टी कार्यालयबाट घर फर्कने क्रममा उहाँले बाटामा स्कूले विद्यार्थीहरुसंग कुराकानी गर्नुभयो भने संगै सडक किनारमा पोलेको मकैं खानुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले यो कुरा फोटोसहित ट्वीट गरेर जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, “पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो !”





प्रतिक्रिया राख्नुहोस्