जापान

सुनसान वातावरणमा स्मरण गरियो ११ मार्च २०११ को भूकम्प र सुनामीको त्रासदी

जापानमा सन् २०११ को मार्च ११ मा गएको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीको स्मृतिमा हिजो बुधबार शान्त वातावरणमा मृतकहरुप्रति श्रद्धाञ्जली दिइयो । कोरोना भाइरस संक्रमणका कारण सार्वजनिक समारोह नगरिएको स्मृति दिवसमा प्रधानमन्त्री शिञ्जो आबेसहित सरकारका मन्त्रीहरुले मृतकप्रति श्रद्धाञ्जली दिनुभयो ।

बुधबार प्रधानमन्त्री कार्यालयमा आयाजित कार्यक्रममा आबे तथा विपत्ति व्यवस्थापन मन्त्री तथा पुनःनिर्माण मन्त्रीहरुसहित अन्य २० जना सहभागी थिए । उहाँहरु सबैले भूकम्प आएको समय दिउँसो २ बजेर ४६ मिनेटको समयमा मौनधारणा गर्दै समवेदना प्रकट गर्नुभयो ।

नौ रेक्टर स्केलको सो महाभूकम्पबाट १८ हजार ४ सय २८ जनाको मृत्यु भएको थियो भने त्यसपछि ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको थियो । भुकम्पपछि १० मिटर अग्लो सुनामी आएको थियो । त्यसपछि दुई परमाणु केन्द्रमा दुर्घटना भएको थियो । ११ मार्चमा फुकुशिमा र दाइइची परमाणु केन्द्रको तीनवटै रियक्टर पग्लेको थियो । त्यसपनि सो क्षेत्रका लाखौं मानिसले आफ्नो घर छाड्नु परेको थियो ।

सो विपत्तिको नौ वर्ष बितिसम्दा पनि सोा क्षेत्रमा अझै प्रतिबन्ध कायमै छ । अझै ४८ हजार मानिस आफ्नो घर फर्कने प्रतिक्षामा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.