खेलफूटबल

बुढासुब्बा गोल्डकप : चर्च ब्वाइजलाई पराजित गर्दै झापा सेमिफाइनलमा

झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

बुढासुब्बा गोल्डकप

धरान रङ्गशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका आशिष चापागाईंले निर्णायक गोल गरेका थिए । उनले खेलको ४४औं मिनेटमा गोल गरेका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले फाइनल यात्राका लागि बिहीवार एनआरटी क्लब काठमाडौँसँग प्रतिष्पर्धा गर्ने छ । मंगलबारको खेलको म्यान अफ दी म्याच काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल घलान घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे ।

बुधबार पहिलो सेमिफाइनल खेल आयोजक धरान फुटबल क्लब र मोरङ फुटबल एशोसिएसनबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.