खेलफूटबल

बुढासुब्बा गोल्डकप :  धरानलाई पराजित गर्दै मोरङ फाइनलमा

मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए । धरानका लागि दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरेका थिए । मिलन लिम्बूले भने गोल गर्न सकेनन् ।

बुधबारको खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक पूर्ण चेम्जोङ घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे । बिहीबार अर्को सेमिफाइनल खेल एनआरटी क्लब, काठमाडौँ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप  तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.