जन सरोकार
विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर उपाध्यायको मृत्यु
जुम्ला, तातोपानी गाउँपालिका-४ हाँकु बस्ने २६ वर्षीय काली प्रसाद उपाध्यायको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
सोही गाउँपालिका-४ पथेनीस्थित विद्युतको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्