इटालीले उछिन्यो चीनलाई कोरोना संक्रमणमा
युरोपेलीमुलुक इटालीले कोरोना भाइरस संक्रमणमा चीनलाई उछिनेको छ । चीनबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणमा लिएको घोषणा गरेको चीनमा अब जम्मा १० हजार जना मात्र संक्रमित छन् भने इटलीमा १७ हजार ७ सय ५० संक्रमित छन् ।
पछिल्लो समय विश्वका १ सय ५० देशमा फैलिएको कोरोनाबाट कुल ७४ हजार ९ सय ५८ जनामा मात्रै यसको संक्रमण बाँकी छ । उनीहरू ६९ हजारभन्दा बढीको अवस्था सामान्य रहेको एजेन्सीहरूले जनाएका छन् । कोरोना देखिएका १ एक लाख ५६ हजार ७ सय ३० मध्ये ७५ हजार ९ सय ३३ जना निको भइसकेका छन् । कोरोनाबाट ५ हजार ८ सय ३९ जनाको ज्यान गएको छ ।
चीनमा स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको हो । चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा चीनमा जम्मा २० नयाँ संक्रमित देखिएको छ ।
इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् । इटलीमा १ हजार ४ सय ४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।