प्रबास
ईन्जाले सार्वजनिक गर्यो कोरोना सम्बन्धी सचेतनामूलक भिडियो (भिडियो सहित)
विश्वका १ सय ५० मुलुकमा फैलिएको कोरोनाको महामारीका कारण आम मानिसमा उत्पन्न त्रास र अन्योल हटाउन नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा)ले आम नेपालीको सुरक्षालाई ध्यानमा राख्दै एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।
ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको बताउँदै सावधानी नै आजको आवश्यकता भएको जानकारी दिनुभयो ।
कोरोना कसरी सर्छ, यसका लक्ष्यण के के हुन् र बच्न के गर्नुपर्छ लगायतका विधिहरुसहितको यो भिडियोले संक्रमणबाट आफू सुरक्षित होऔं र अरुलाई पनि सुरक्षित बनाऊ भन्ने सन्देश दिएको छ ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया राख्नुहोस्