जन सरोकार

घोडेजात्रामा विशिष्ट व्यक्ति र पाहुना नहुने

घोडेजात्रा

घोडेजात्रा

यही चैत ११ गते हुने यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा हुने भएको छ । विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सामान्य रुपमा मनाउन लागेको हो ।

टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित ‘घोडेजात्रा समारोह’ आयोजना गर्दै आएको थियो । उक्त जात्रालाई केवल परम्परालाई कायम राख्ने उद्देश्यले मात्र आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न राष्ट्रमा कोभिड १९ फैलिएका कारण सरकारले सभा, सम्मेलन, भेला र कार्यक्रम नगर्ने यसअघि नै निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयअनुरुप यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट व्यक्ति र पाहुनालाई सहभागी नगराउने निर्णय गरिएको निर्देशनालयले जनाएको छ । उक्त समारोहको विभिन्न टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.