प्रदेशप्रदेश २

प्रदेश २ को नाम "जानकी" राख्‍ने नेकपाको प्रस्ताव अस्वीकृत

निकै विवादित प्रदेशका रुपमा हेरिएको प्रदेश नं. २ को जानकी राख्ने प्रस्ताव अस्वीकृत भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम “जानकी” राख्‍ने नेकपाको पक्षमा ३७ मत मात्रै खसेको छ ।

नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत भएसँगै अब कांग्रेसले राखेको प्रस्तावमाथि मतदान हुनेछ । कांग्रेसले प्रदेश २ को नाम “मिथिला भोजपुरा” प्रस्ताव गरेको छ ।

मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए । प्रदेशसभामा नेकपाका ३२ सांसद छन् । नेकपाको प्रस्तावमा ३७ मत खसेपछि कुन दलका सांसदले नेकपाको प्रस्तावमाथि समर्थन गरे भने खुल्न सकेको छैन ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् ।

दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ । नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन् ।

सम्बन्धित खबर

Back to top button