जल/वातावरण

एसइईका सबै परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण अनिवार्य गराउन माग

नेपाल शिक्षक महासङ्घले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियारी हुन विद्यार्थीलाई परीक्षा हलमा प्रवेश गराउनुपूर्व स्वास्थ्य परीक्षण गर्न/गराउन सरकार र शिक्षक समुदायलाई सुझाएको बताउनुभयो ।

अध्यक्ष थापाले महासङ्घको सोमबार सम्पन्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले परीक्षालाई सतर्कतापूर्वक सञ्चालन गर्न सघाउने निर्णयसहित स्वास्थ्य परीक्षण अनिवार्य गराउन माग गरेको जनाउनुभयो । सो परीक्षामा साधारण र प्राविधिकतर्फ गरी चार लाख ८२ हजार २ विद्यार्थीले आवेदन दिएका छन् भने र एक हजार ९९४ परीक्षा केन्द्र तेकिएको छ ।

ललितपुरको रुद्रायणी मावि, खोकना परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत रहनुभएका अध्यक्ष थापाले परीक्षाका क्रममा विद्यार्थीलाई कुनै हतोत्साहित नगरी मर्यादित बनाइने पनि स्पष्ट गर्नुभयो । उहाँले परीक्षापछि पढाइ नहुने भएपनि कोरोनाका कारण विद्यालयमा शिक्षकलाई विदा दिनुनपर्ने सो अवधिमा शिक्षकले आगामी शैक्षिक सत्रको योजना तर्जुमा गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.