राजनीति

माक्स लगाएर गरियो नेकपा सचिवालय बैठक

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले आज बुधबार यसबाट बच्न १५ वटा विविध निर्णय गरेर आम जनतालाई सचेत हुन आव्हान गरेको छ । त्यस्तै बुधबार नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्यो र योा बैठकमा सहभागी नेताहरु माक्स लगाएर उपस्थित भए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले खासै राजनीतिक निर्णय नगरे पनि एसईई परीक्षालाई हेल्थ डेक्स राखेर संचालन गर्ने सरकारको निर्णयलाई उल्ट्याउँदै स्थगित गर्ने निर्णय गर्यो ।

त्यसै गरी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणको सफलताका लागि बधाई दिएको छ भने उपचारमा संलगन चिकित्सकहरू र मृगौलादातालाई धन्यवाद दिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्ने लगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको निर्णयलाई सचिवालय बैठकले स्वागत गर्दै प्रशंसासमेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.