अर्थ
अब नेपालमै बन्ने भो होण्डाका दुईपाङ्ग्रे सवारीसाधन
नेपालमा अत्यधिक रुचाइएको जापानको विश्वप्रसिद्ध मोटर कम्पनी होण्डाको दुई पाङ्ग्रे सवारी साधन अब स्वदेशमै एसेम्बल हुने भएको छ ।
हाल जापान तथा भारतबाट आयात भैरहेको होण्डाका मोटरसाइकल, स्कुटर नेपालमै एसेम्बल गर्ने गरी होण्डाको आधिकारिक विक्रेता ज्योति समूहले भैरहवामा हिमाल मोटो प्रा.लि. प्लान्ट स्थापना गरेको छ ।
केही दिनअघि होण्डा जापानका प्रतिनिधि, ज्योति समूहका प्रतिनिधि, नेपालस्थित जापानी दूताबासका प्रतिनिधि र स्थानीय सांसद लगायतको उपस्थितिमा प्लान्टको उद्घाटन गरिएको छ ।

नेपालमा पहिलोपटक जापानी अटोमोबाइलको एसेम्बल हुन लागेकोमा जापानी दूताबासले प्लान्ट स्थापनाका लागि बधाई दिंदै यसले नेपालको औद्योगिक क्षेत्रको सुधारका लागि थप विकास गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।




प्रतिक्रिया राख्नुहोस्