विश्व समाचार

प्रधानमन्त्री मोदीद्वारा जनता कफ्र्युको अपील- कोरोना संक्रमणबाट चारजनाको मृत्यु

मोदी

मोदी

भारतमा कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ ।

भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना सङ्क्रमित भएका छन् । तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन् । स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र सकेसम्म घरबाटै काम गर्न अपील गर्नुभएको छ ।

देशवासीका नाममा बिहीवार साँझ सम्बोधन गर्दै उहाँले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गर्दै मार्च २२ तारिखका दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म जनताले जनतामाथि आफैँ जनता कर्फ्युु लगाउन अपील गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.