क्रिकेटखेल

दीपेन्द्रसिंह ऐरी बेल्जियमको जेबी ब्रुग्समा अनुबन्धित

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ।

जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । दीपेन्द्र एनपीएलमा भने सुदूरपश्चिम रोयल्सबाट खेल्छन् ।

डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पहिलो पटक आयोजना गर्न लागेको इयु टी २० बेल्जियम क्रिकेटमा ६ टोली सहभागी हुनेछन् ।

जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन अनुबन्ध गरिसकेको छ । ऐरीले अब युरोपेली मैदानमा कलिन मनरो र डुसेन जस्ता विश्वप्रसिद्ध खेलाडीहरूसँगै आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।

सो प्रतियोगिताका लागि लियेज रेड लायन्सले सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ । प्रतियोगिताको ड्राफ्ट मार्च २४ मा हुँदैछ, जसमा १८ नेपाली खेलाडी सहभागी हुनेछन्।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.