जन सरोकार

शनिबार काठमाडौं आएका ६३ जना क्वारेन्टाइनमा, खानाखर्च सरकारले नव्यहोर्ने

शनिबार विभिन्न देशबाट भारत हुँदै नेपाल आएका ६३ जनालाई खरिपाटीस्थित क्वारेन्टाइन पठाइएको छ । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६३ जना नेपालीलाई काठमाडौं ल्याएका थिए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई दुईटा साझा बसमा क्वारेन्टाइनस्थल पुर्‍याइएको हो । सुरूमा ६२ जनालाई क्वारेन्टाइनको लागि पठाइएकोमा फेरि एक जना थपिएका थिए र क्वारेन्टाइनमा बस्नेले खानाको खर्च आफैं व्यहोर्नुपर्ने छ ।

नेपाली सेनाका अनुसार ६३ जनालाई नै बेलुकाको खाना विद्युत प्राधिकरणको क्यान्टिनमा व्यवस्था गरिएको छ । प्रवक्ता पाण्डेले क्वारेन्टाइनस्थलमा सेनाको टोली तयारी अवस्थामा रहेको छ ।

सरकारले शुक्रबार राति १२ बजेपछि खाडी लगायत मलेसिया, दक्षिण कोरिया, जापान, इरान र युरोपबाट कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.