विश्व समाचार

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै- बिहारमा एकजनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने नेपालसंग सीमा जोडिएको बिहारमा एकजनाको मृत्यु भएको छ भने दुईजना नयाँ संक्रमित फेला परेका छन् । योसंगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।

बिहारमा मृत्यु ती व्यक्ति हालै मात्र कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिवार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ।

त्यस्तै अस्पतालमा उपचार गराइरहेका अर्का सङ्क्रमित व्यक्ति हालै स्कटल्यान्डबाट फर्किएका थिए । आइतवारभन्दा अघि बिहारमा सङ्क्रमित व्यक्ति फेला परेका थिएनन् ।

नेपालसंग सीमा जोडिएको बिहारमा कोरोना संक्रमण देखिएपछि नेपालमा थप शतर्कताको आवश्यकता रहेको छ । भारतबाट नेपाल फर्कनेहरुको लर्को लागिरहेका सीमा नाकामा थप कडाई र सुरक्षाा जाँचको भरपर्दो व्यवस्था अपरिहार्य देखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ सय ४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले दिएको जानकारी अनुसार आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन् । महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.