जन सरोकार

बिडारीको नेतृत्वमा आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन

नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ ।

उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा डा बालकृष्ण चापागाईँ, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी हुनुहुन्छ । विभागमा महासङ्घका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार, विज्ञलाई समावेश गरिएको छ ।

महासङ्घको हालै तिलौराकोटमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस क्षेत्रको हित संवद्र्धनका लागि केही विभाग तथा समिति गठन गरेको थियो ।

विभागका प्रमुख बिडारीले उक्त विभागमा प्राज्ञिक तथा प्रभुत्व वर्गको प्रतिनिधित्व गराई विश्व परिवेशमा देखिएका आमसञ्चार तथा पत्रकारिता क्षेत्रका सैद्धान्तिक, व्यवहारिक र प्राज्ञिक पक्षमा बहस छलफल गरी यस क्षेत्रको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आमसञ्चार तथा पत्रकारिताको अध्ययन तथा अध्यापन हुने देशभरका विश्वविद्यालयसँग समन्वय गरी सातै प्रदेशमा बृहत् प्राज्ञिक सभा गर्ने विभागले जनाएको छ । आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी, विज्ञ, प्राज्ञिक व्यक्तिलाई विभागमा थप गरिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.