जन सरोकार

लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ, पोखरा सुनसान

सरकारले कोरोना भाइरसको जोखिमसँग जुध्न मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ

चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले दिएको जानकारी अनुसार लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका उनहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको हो ।

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने पनि उहाँले बताउनुभयो । घरबाहिर निस्कनै पर्ने अत्यावश्यक काम भएमा त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

उता गण्डकी प्रदेशको पोखरामा लक डाउनको प्रभाव परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ ।

यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान मंगलबार भने सुनसान बनेका छन् । प्रातः भ्रमणमा फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो ।

सरकारले लकडाउन उल्लंघन गरी अटेर गरेर घरबाहिर निस्केमा ६ महिना कैद वा ६ सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुने बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.