जापान

टोकियोमा महिनाकै सबैभन्दा बढी कोरोना संक्रमित, चार कम्पनीको खोप परीक्षण सुरु

जापानको राजधानी टोकियोमा मार्च महिनाभरिमै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । एक हप्तायता त्यहाँ दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा बुधबार ४ सय २० नयाँ संक्रमित थपिएका छन् ।

अघिल्लो साता ४ सय ९ नयाँ संक्रमित थपिएयता लगातार ४ सय को हाराहारीमा संक्रमित हुने क्रममा बुधबार सबैभन्दा बढी थपिएका हुन् । त्यसै गरी संक्रमणबाट गम्भीर रुपमा बिरामी हुनेको संख्या ४२ छ । राजधानीमा अहिलेसम्म १ लाख १८ हजार ४ सय ६१ जनामा संक्रमण भैसकेको छ ।

यसै गरी मियागी प्रान्तको सेन्दाई शहरमा बुधबार थप १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार विहान ४० जनामा संक्रमण भएको थियो भने त्यसपछि १ सय ३१ थपिएसंगै कुल संख्या १७१ भएको हो ।

यसैबीच जापानमा कोरोना भाइरस बिरुद्धको खोप बनाइरहेका दुई औषधि कम्पनीले परीक्षण सुरु गरेका छन् । योसंगै जापानमा कुल चार कम्पनीले खोप परीक्षण गरिरहेका छन् ।

दाइइची सांक्योले कुल १ सय ५२ स्वस्थ युवामाथि परीक्षण गरिएको छ । त्यसै गरी केएम बायोलजिक्सले पनि २ सय १९ स्वस्थ युवामाथि खोपको परीक्षण आरम्भ गरेको छ । कम्पनीका अनुसार शोधकर्ता खोपको सुरक्षा र शरीरमा रोग प्रतिरोधी क्षमता विकासको जाँच गरिरहेका छन् । यसपछि मात्रै खोपको कति मात्रा दिनु उपयुक्त हुन्छ भन्ने निर्धारण गरिनेछ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार शिओनोगी र एन्जिस दाइइची सांक्यो र केएम बायोलजिक्स स्वदेशमै उत्पादित खोपका परीक्षण गर्ने तेस्रो र चौथो कम्पनी बनेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.