राजनीति

नेकपा एमाले स्थानीय तह निर्वाचनमा केन्द्रित, उम्मेदवारका लागि तय भयो छ मापदण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीब्र बनाएको छ । हिजो बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको आधार समेत तय गरेको छ ।

समाचार अनुसार बैठकको दोस्रो दिन आज उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै छलफल सुरु भएको हो ।

एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता हुनुपर्ने छ ।

त्यसै गरी आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको, कार्यक्षमता, एव सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाइएको छ ।

पार्टीले तय गरिएका सैद्धान्तिक मापदण्डभित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै सोही अनुसार सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिने भएको छ ।

यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगगरका प्रमुख, उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्ने पनि बताइएको छ ।

त्यस्तै उपमहानगरपालिका वा नगरपालिकाहरुको नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको चयन पालिका कमिटी र जिल्ला कमिटीको सिफारिमा प्रदेश कमिटीले निर्धारण गरेपछि मात्रै उम्मेदवार हुन पाइनेछ ।

जिल्ला कमिटीलाई भने उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनका बारेमा निर्णय गर्ने अधिकार एमालेले प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.