खेलफूटबल

खप्तड गोल्डकपमा बागमती युवा क्लबको विजयी सुरुआत

धनगढीमा बिहीबारबाट सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतीले विभागीय टोली एपिएफलाई १–० गोलले पराजित गरेको हो ।

खप्तड गोल्डकप

मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउनुभयो । चैत १८ गतेसम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लबसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन् । समारोहमा एक सयपटक रक्तदान गरेर उत्कृष्ट सामाजिक काम गरेवापत धनगढीका पत्रकार दीपकप्रसाद उपाध्याय र कञ्चनपुर पुनर्वासका फुटबल खेलाडी फिलिप तामाङलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शाहलाई आयोजकले प्रतियोगितालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न बजेट व्यवस्थापन मागसहितको ज्ञापनपत्र पेस गरेको थियो । प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ । धनगढी रङ्गशालमा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.