राजनीति

एमालेले कुनै पनि वाम दलसँग सहकार्य नगर्ने : बस्नेतले

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताउनुभएको छ ।

पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आउनुभएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताउनुभएको हो ।

उहाँले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा छ भन्नुभयो ।

निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उहाँले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.