क्रिकेटखेल

म्याच फिक्सिङको अभियोगमा पाँच खेलाडीलाई सफाइ

जिल्ला अदालत काठमाडौँले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।

गत वर्ष काठमाडौँमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै रू तीन लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.