इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु अग्रस्थानमा
आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व पत्रकार समेत रहनुभएका मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि यसको औपचारिक घोषणा भने भएको छैन ।
निर्वाचनका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। रास्वपाले यही चैत १७ गते उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ ।
रास्वपाका एक नेताले दिएको जानकारीअनुसार प्राइमरी भोटिङमा मिलन लिम्बूसहित अर्का दुई जनाले पनि उम्मेदवारी दर्ता गरेका छन्।
उम्मेदवार घोषणाका लागि पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चैत १६ गते पार्टी सभापति लामिछाने इलाम जाने र १७ गते घोषणा गर्नुहुनेछ ।
रास्वपाले इलाम क्षेत्र नम्बर २ को अवस्था र पार्टीको स्थिति बुझ्न ६ जना सांसदलाई ६ पालिकामा पठाएको थियो। रास्वपाका ६ जना सांसदहरू चैत १९ गते इलामका विभिन्न पालिका पुगेर अन्तर्क्रिया गरेका थिए। सोबिता गौतम इलाम, गणेश पराजुली देउमाई नगरपालिका र मनिष झा माई नगरपालिका पुगेर अन्तरक्रिया गरेका थिए।
सो क्षेत्रमा नेकपा एमालेले पार्टीका दिवगत नेता सवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। त्यस्तै माओवादी केन्द्रले उम्मेदवारबारे छलफल नगरेकाले उसले सुहाङलाई सघाउने सम्भावना रहेको एमालेका नेताहरूको दाबी छ।
इलाम–२ मा यसअघि एमालेले ११४ मतले चुनाव जितेको थियो। इलामबाट निर्वाचित संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि उपचुनाव हुन लागेको हो।





प्रतिक्रिया राख्नुहोस्