बालेन सरकारले शपथ लिएकै दिनदेखि दिनगन्ती सुरु भयो : एमाले सचिव बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओलीको गिरफ्तारीले र बिरोध प्रदर्शनमा दमन भएको भन्दै बालेन सरकारले शपथग्रहण गरेकै दिनदेखि दिनगन्ती सुरु भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले भन्नुभएको छ, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ । अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ, तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ ।’
हिजो दमन भयो भन्नेहरू नै अहिले दमनमा उत्रिएको भन्दै बस्नेतले घाइतेको उपचार, पक्राउ परेकाहरूको अविलम्ब रिहाइको माग र्दै बस्नेतले देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको गम्भीर आरोप पनि लगाउनुभएको छ ।
उहाँले अगाडि भन्नुभएको छ, ‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ । साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ ।’





प्रतिक्रिया राख्नुहोस्