नेविसंघका पूर्व अध्यक्ष कर्णद्वारा क्वारेन्टाइनका लागि घर प्रदान
नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जीत कर्णले राजविराज नगरपालिका वडा नम्वर–३ स्थित सात कोठाको पक्की घर अस्थायी क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन निः शुल्क रुपमा घर उपलब्घ गराउने उहाँले जानकारी दिनुभयो ।
उहाँले लकडाउनको समयमा घरभित्रै रही कोरोना भाइरसको जोखिम हुन नदिन आग्रह गर्दै खाद्यन्न, स्वास्थ्य लगायत समस्या आइपरे सहयोग पु¥याउने जानकारी दिनुभयो ।
लकडाउनमा अति विपन्न परिवारलाई खाद्यन्न समस्या आउन नदिन यहाँस्थित शप्तकोशी नगरपालिकाले तथ्याङ्क सङकलन शुरुआत गरेको छ । दैनिक ज्यालादारीका श्रमिकलाई हुन सक्ने समस्यालाई हल गर्न वडाध्यक्ष मार्फत विवरण सङ्कलन गरी नगरपालिकामा पेश गर्न भनिएको नगरप्रमुख उत्तम कुमार शर्माले जानकारी दिनुभयो ।
सो नगरपालिकोे वडा न २ को गोबैज मावि मा २१ श्यया र वडा न १० को जनता मावि भगनी मलेट मा २१ श्ययाको क्वारेन्टाइन तयार गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्